Latest News and photos

यौन जिज्ञासा र समाधान

म ३८ वर्षीय अविवाहित पुरुष हुँ । विवाह-बन्धनमा बाँधिने प्रयास गर्दैछु । ममा एक्कासि यौन समस्या देखापर्‍यो, जस्तो- पिसाब बेलाबेलामा पोल्ने, पिसाब गरिसकेपछि  कहिलेकाहीं लिंगको टुप्पो दुख्ने, पिसाब आउन धेरै समय लाग्ने, पिसाब पोल्दा कस्तो कस्तो महसुस भै शरीरका रौं ठाडा हुने । कहिलेकाहीं हेर्न अप्ठ्यारो महसुस हुने,  छिनछिनमा पिसाब लाग्ने, आलस्य महसुस हुने, कमजोरी देखा पर्नेजस्ता समस्या बेलाबेलामा देखा परिरहेका छन् । लिंग उत्तेजित भएको समयमा एकान्तमा बसेर हस्तमै थुन गर्ने कार्य हप्तामा दुई-तीन पटकसम्म हुन्छ । मैले कुनै पनि महिलासँग यौन सम्पर्क राखेको छैन । एकैचोटि विवाह-बन्धनमा बाँधिएपछि आफ्नी श्रीमतीसँग मात्र यौ नसम्पर्क राख्ने विचार गरेको छु, तर मलाई अहिले डर लागिरहेको छ । लगातार हस्तमैथुन गर्ने बानीले मलाई यौन रोग लागेको हो कि ? पछि विवाह गरी ल्याएकी  श्रीमतीलाई सन्तुष्टि दिन नसकेर हीनताबोध हुने हो कि ? बाल बच्चा जन्माउँदा कुनै अवरोध आउने हो कि ? हस्तमैथुन रोक्न अनि माथि दसाइएका रोगको निराकरण  गर्न के-कस्ता उपाय अपनाउनुपर्छ । - आर.


उत्तर ः वैवाहिक जीवनमा प्रवेश गर्ने प्रयास गरिरहनुभएको कुराले खुसी लागेको छ र त्यसका लागि शुभकामना पनि  व्यक्त गर्न चाहन्छु । तपाईंले अहिलेसम्म कुनै  महिलासँग यौनसम्पर्क नगर्नु भएको मात्र होइन, विवाह-बन्धनमा बाँधिएपछि आफ्नी श्रीमतीसँग पहिलो पटक यौनसम्पर्क राख्ने कुराको म प्रशंसा गर्छु ।

पिसाब किन पोलेको होला ?

तपाईंले पिसाब पोल्ने-दुख्ने जस्ता कुरा लेख्नुभएको छ । गर्मीमा पानी नपुग्नेदेखि संक्रमणले समेत यस्तो हुन्छ । यस्ता कुरा यौनरोगमा पनि हुनसक्छ । तपाईंलाई थाहै हो ला, यौनसम्पर्कबाट सर्ने संक्रमणलाईर् नै हामी समग्रमा यौनरोग भन्छौं । अचेल यौनजन्य संक्रमण भन्ने चलन पनि छ । यस्ता संक्रमण हुने थुप्रै कारण हुन्छन् । यौनरोग  भनिए पनि यो वास्तवमा संक्रमणमा केन्दि्रत हुन्छ र अन्य कतिपय यौनसमस्या यौनरोगभित्र पर्दैनन् । तपाईंको समस्यालाई केलाउँदा, तपाईंले संकेत गर्नुभएको जस्तो यौन  समस्या भनिहाल्न मिल्लाजस्तो छैन । अर्कातिर तपाईंका समस्या मूत्रप्रणालीसँग सम्बन्धित हुन सक्छ । त्यसैले एकपल्ट मूत्ररोग विशेषज्ञसंग सम्पर्क राखी त्यससम्बन्धी कुनै  समस्या भए-नभएको कुरा निक्र्यौल गर्नु आवश्यक छ ।

तपाईंको समस्या के हो त ?

हुन त तपाईले पत्रमा एक्कासि यौन समस्या देखा परेको कुरा गर्नुभएको छ । यौनाङ्गसँग सम्बन्धित कुरा भएकाले तपाईंलाई त्यस्तो लागेको हुनसक्छ । पुरुषमा विशेष गरेर  मूत्रप्रणालीको गहिरो सम्बन्ध यौनाङ्गसँग हुने भएको हुँदा त्यस्तो लाग्न सक्ने नै भयो । तपाईंलाई थाहै होला, प्रजनन तथा यौनसम्बन्धी कुरा एक-अर्कासँग गाँसिएका  हुन्छन्, तर वास्तवमा प्रजनन तथा यौन एक-अर्कासँग एकदम नजिक भए पनि केही आधारभूत कुरामा फरक छ ।

तपाईंको समस्यालाई केलाउँदा अर्को पाटोमा पनि विचार पुर्‍याउनुपर्ने हुन्छ । तपाईं ३८ वर्ष पुगिसक्नुभएको छ र अझै पनि अविवाहित नै हुनुहुन्छ । नेपाली समाजमा यो  सामान्यतः विवाह हुने उमेरभन्दा ढिलो हो । तपाईले प्रयासको कुरा गर्नुभएको भए पनि अहिलेसम्म किन विवाह हुन नसकेको भन्ने कुरा स्पष्ट रुपमा भन्नुभएको छैन ।  त्यसका आफ्नै कारण हुनसक्छन् । विवाह समयमा नहुने कुराले होस् वा अहिले विवाहका लागि अग्रसर हुने कुुराले एक किसिमको तनाव वा चिन्ता त थप्छ नै । इच्छा  भएर पनि उपयुक्त युवती नभेटिएको वा केहीबाट आफु स्वीकार्य नभएको जस्ता कतिपय कुरा होलान् । यस्ता कुराले पनि एक किसिमको तनाव गराउँछ नै । तपाईले   आफूमा कुनै तनाव वा चिन्ता जस्ता कुरा छन् कि भन्ने विषयमा पनि सोच्नुपर्ने हुन्छ ।

त्यसैले एक पल्ट मनोचिकित्सकसँग सम्पर्क गरेर सल्लाह लिनु राम्रै होला ।

के हस्तमैथुनले यौनरोग लाग्छ ?

हस्तमैथुन एक स्वाभाविक यौन क्रियाकलाप हो । सामान्य रूपमा हस्तमैथुनले कुनै किसिमको हानि गर्दैन र त्यसलाई रोक्नुपर्ने कुनै कारण छैन । बरु यसका अनेक फाइदा  छन् । प्रत्यक्ष अर्को व्यक्तिसँग यौनसम्पर्क राख्ने अवसर नमिलेको अवस्थामा पनि यसले यौन आनन्द लिने मौका दिन्छ । हस्तमैथुन गर्दा अर्को व्यक्तिसँग यौनसम्पर्क गर्नु  आवश्यक नभएकाले यौनरोग लाग्ने कुरै भएन । हस्तमैथुनसम्बन्धी नकारात्मक धारणाका कारण व्यक्तिमा ग्लानि वा दोषीपनजस्ता समस्या देखिन सक्छ, तर यो हस्तमै थुनको समस्या होइन ।

के श्रीमतीलाई यौनसुख दिन सकिएला ?

श्रीमान्-श्रीमती दुवैमा मिल्दो यौनचाहना र यौन क्रियाकलापमा संलग्न हुने कुरामा समझदारी भए दुवैले यौनसुख लिन वा दिन सकिन्छ । यौनसन्तुष्टि प्राप्त गर्न बाधा  पार्ने कुनै पनि कुराका शारीरीक, मानसिक वा दुवै कारण छन् भने त्यसलाई हटाउनुपर्छ । दैनिक जीवनमा आईपर्ने तनावहरु जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति  सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनावलाई सक्दो पर राख्नुपर्छ । यसमा हीनताबोध हुनपर्ने कुनै कारण छैन । पुरुष र महिलाको यौन सुख प्राप्त गर्ने कुरामा केही  फरक हुनसक्छ । यौनचरमसुखसम्म पुग्न महिलालाई केही बढी समय लाग्न सक्छ, त्यसैले योनिमा लिङ्ग प्रवेश गराउनुभन्दा पहिले तपाइर्ंहरूले पर्याप्त पाक्क्रीडा गर्नुपर्छ ।

अन्तमा, के भनौं भने, कुनै पनि व्यक्तिले उसको आफ्नै इन्दि्रयहरूबाट सुख प्राप्त गर्छ । संगीतको आनन्द होस् वा मीठो खानेकुराको स्व्ााद व्यक्ति आफैले लिनुपर्ने हुन्छ ।  अर्को व्यक्तिले त्यसको  सुनिश्चिता वा ग्यारेन्टी गर्न सक्दैन । यौनसुख प्राप्तिका सन्दर्भमा पनि यो कुरा लागू हुन्छ  । यो कुरा भने पक्कै हो कि अर्को कुनै व्यक्तिले सुख  प्राप्त गरोस् भनेर सहयोगीको भूमिका निर्वाह गर्न सक्छ, तर सुख प्राप्त गर्ने ग्यारेन्टी गर्न सक्दैन ।

No comments:

Post a Comment